WELCOME TO OUR SITE SCAFECOLLECTION

Download

Thursday 10 July 2014

No comments :

पर्यटकीय गुरुङ गाउँहरू र हाम्रो सांस्कृतिक संरक्षणको सवाल


सरकारले सन् २०११ लाई पर्यटन वर्षका रूपमा मनाउँदैछ । देशका विभिन्न ठाउँलाई गन्तव्य स्थान घोषणा गरेर नेपाल पर्यटन बोर्डले फितलो काम गरिरहेको छ । देशभरका कुनै स्थानहरूमा पर्यटन वर्षको स्वागतमा विविध कार्यक्रमहरू भइरहेका पनि छन् । त्यति प्रभावकारी ढंगले आप्mनो प्रस्तुति नभएका कारण, तयारी पँरा जोडतोडका साथ नगरेका कारण, सम्बन्धित सरोकारवाला तथा राज्यको स्पष्ट र दीगो व्यवस्थापनका अभावले यो वर्षको लक्ष्य वास्तवमै असफलतातिर उन्मुख भइसकेको छ । स्थानीय व्यवस्थापनमा पनि जुन ढंगले हुनुपथ्र्यो, त्यो पनि नभएको स्थिति पनि कारक सावित भएको छ । जुन कुरा जुन कामलाई देखाएर हामी पर्यटकलाई आकर्षित बनाउन खोजिएको हो, त्यसको पनि सही व्यवस्थापन गर्न नसक्नु मँल कमजोरी देखिएको छ । आप्mनै मौलिकपनलाई आफ्नै तरिकाबाट प्रस्तुत गरेर पर्यटकको मन जित्न सके ग्रामीण पर्यटन फस्टाउन सक्छ ।
पर्यटकीय गाउँहरूको अध्ययन भ्रमणको क्रममा जाँदा नेपालकै प्रथम ग्रामीण पर्यटकीय गाउँ स्याङ्जा जिल्लाको पञ्चमुल गाविस वडा नम्बर– ४ सिरुबारीमा पर्यटकहरू अधिक मात्रामा जाने गरेको हो । अघिल्लो समयमा तर पछिल्लो समयमा धेरै कम हुँदै गइरहेको पाइएको छ । त्यहाँको आकर्षण भौतिक पँर्वाधारहरू त्यहाँको गुरुङ संस्कार, संस्कृति रहनसहन त्यहाँको आर्गानिक खानाबाट प्रभावित भएर हिजो स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि गन्तव्य रहेछ । हिजो त्यो सम्भव रहेछ, त्यो बेला तर अहिले गाउँ सुनसान छ, त्यहाँको गुरुङ प्रायः शँन्य जस्तो छ, विदेश पलायनका साथै शहरमुखी भएका कारण । गुरुङ संस्कार, संस्कृतिको प्रस्तुति गर्न अब निक्कै हम्मे रहेछ अहिले युवायुवतीहरूको पलायनका कारण । पैसामुखी समाजले युवायुवतीहरूलाई कहाँ गाउँमा बस्न, गाउँको विकास गर्न, संस्कति, संस्कार अनि पहिरन संरक्षण गर्न दिए त नि । यो त्यहाँको बाध्यता रहेछ । कुनै घरहरूका चाबीहरू पर्यटक आउँदा मात्र खुल्दा रहेछन् । हामीले अनुरोध गरि सकेपछि अन्तिम साँझमा अलिकति रमाइलो गरियो आधुनिक रोधीं । तर नुन नलागेको जस्तो ट्वाक्क नभएको महशुस गरियो पछि पर्यटन समितिका अग्रजहरूसँग भएको अन्तरक्रियामा वहाँहरूले गुरुङ संस्कृतिहरू प्रदर्शनलाई ‘प्रायोरिटी’ दिने कुरामा सहमत भयो । त्यस्तैगरी पुरानो गुरुङ गाउँको रूपमा परिचित कास्कीको घान्द्रुकको पनि त्यहि हाल छ । आन्तरिक पर्यटकलाई (स्वदेशीलाई) त लगभग वास्ता पनि नगर्दो रहेछ भन्ने अनुभव भयो । एउटा सामान्य घटनाले पुष्टि ग¥यो जानेबित्तिकै होटेलमा कोठा बुक गरियो तीनवटा थकाई एकदम भएकाले सबै सुत्न आराम गर्न थालियो केहीबेर पछि तल काउन्टरनिर हल्ला सुनियो के रहेछ भनेर म गएँ तल त्यहाँ होटल साहु’नि कराउँदै रहेछ, ‘कहाँको कंगालीहरूलाई तीन÷तीनवटा कोठा दिएर’ भन्दै म्यानेजरलाई गाली गर्दै । मैले हात जोडे गुरुङ कुरामा भने हामी बरू कोठा छोडि दिन्छौँ गाली नगर्नु भनेर आग्रह गरेँ तर व्यवसायिक साहुनीले मेरो कुरा सुनेन बरू नजिक दोधारमा परेको विदेशी पर्यटक र गाइडले कुरा बुझेर ‘हामी अर्कै होटलमा जान्छौं’ भनेर हिँडेपछि हामी बल्ल बस्न पायौं भनेर ढुक्क भयौं । त्यहि नजिकै माथि म्युजियम रहेछ । हेर्न गयौं । पुराना पाका गुरुङ बुबा हुनुहुँदोरहेछ । मैले तमँ भाषामा कुरा गर्दै गएँ उत्तर नेपाली मात्र आउँदै गयो । कुराकानीको दौरानमा भएको दुईवटा कुरामा ज्यादै चित्त दुख्यो, ‘यहाँ जस्तै पोखरामा सोह्र जातेहरूको गुम्बा छ, त्यहाँ पनि सबै कुरा देख्न सकिन्छ’ अनि ‘अंग्रेजी बोल्न छोडेर तमँ भाषा बोल्न सुरु गरे त मुखमा माड लाग्न छोड्ला नि ।’ हामी बास्तवमा तमँहरूको पुरानो गाउँहरूमा तमँहरूको पहिचानको विषयवस्तु कस्तो अवस्थामा छ हामीले सिक्नुपर्छ । बुभ्mनुपर्छ भनेर हाम्रो विद्यालयको शिक्षकहरूको समँह गएका थियौं । हाम्रो उद्देश्यमा तुषरापात भएपछि हामी भोलिपल्ट बिहानै भालेको डाँकोमै फक्र्यौं । पुरानो नाम चलाएका गुरुङहरू विस्थापित भएर पँर्णरूपले व्यवसायिक समँहको भीड लागिसकेको हामी छरपस्टै देख्छौँ । पुराना ढुंगाको छाना भएका र घुमाउने घरहरू दिन दुगुना रात चौगुना नयाँ र आधुनिक महलहरूले जितिसकेको अवस्था छ । हिमाललाई नजिकबाट नियाल्न सकिन्छ भन्ने कुरा मात्र दरिलो हो ।
त्यस्तै गुरुङहरूको उद्गमस्थलको रूपमा परिचित लमजुङ जिल्लामा पनि थुप्रै पर्यटकीय गाउँहरू बनाइएका छन् । ग्रामीण पर्यटकीय गाउँहरूको एउटा ‘रिङ रोड’ बनेको छ तर त्यो गाउँहरूमा पनि आदिवासी जनजातिहरूमा विशेष गरेर गुरुङ समुदायको संस्कार, संस्कृति प्रायः दुर्लभजस्तै भइसकेको अवस्था छ । समँहमा र विदेशी पाहुना नगएसम्म त्यो सम्भव नै छैन जस्तो देखियो प्रस्तुत गर्नका लागि । मैले माथी पनि उल्लेख गरिसकेको छु कि हामी तमँ भाषा, संस्कृतिको संरक्षण, संवद्र्धनमा लागि परेको समँह उद्गमस्थलमा तमँ भाषा, संस्कृति कति र कुन अवस्थामा छ र हामीले धेरै सिकेर आउनु पर्छ भन्ने हेतुले गुरुङ गाउँहरूमा हानिएको हो । जानुभन्दा एक हप्ता पहिलादेखि संस्कार, संस्कति हेर्न देख्न पाउनुपर्छ भन्ने आग्रह सम्बन्धित ठाउँ प्रसिद्ध पर्यटकीय गुरुङ गाउँ ‘घले गाउँ’को व्यवस्थापन पक्षसँग आग्रह गरिएको हो । तर आशा निराशा भयो जुनबेला हामी त्यहाँ बास बस्न मात्र पुगेको महशुस भयो । बाइस जनाको टोलीले तमँहरूको उद्गमस्थलबाट नजिकको हिमालसँगको लुकामारीको तस्बिर मात्र ल्याएको हामीसँग गएको सञ्चारकर्मीले बडो दुःखका साथ पोख्दा कताकता खल्लो लागेर आयो मन अमिलो भएर आयो । यस्तैयस्तै खालको महशुस कास्कीकै धम्पुसलगायत अन्य गुरुङ गाउँहरूमा देखिए पछि मेरो मनमा धेरै खालको प्रश्नहरू उब्जिएको छ । के दुनियाँले देख्ने ठाउँमा हामीले तमँ भाषा, तमँ प्ये छ्या ल्हुलाई एकदम तदारुकताका साथ प्रस्तुत गर्न नसक्नु, नचाहनुमा कस्को दोष छ ? ती गुरुङ गाउँहरू केका लागि प्रख्यात भए त ? मौलिक रोधींको सट्टा आधुनिक रोधीं (नाइट क्लब) सुरु भा’को हो त ? मौलिक संस्कृति, परम्परा, रहनसहन, आर्गानिक खाना, मौलिक स्वागतलाई छोड्दै गएर पँर्णरूपले व्यवसायिक भएर विदेशी पर्यटकले नाम मात्र रहेछ भनेर दिन दुगुना रात चौगुनाका दरले कमी हुँदै आए के हुन्छ हाम्रो लगानी अनि विश्वमा हाम्रो छाप ?
अनि मेरो एकजना सञ्चारकर्मी साथीले मलाई प्रतिप्रश्न गरे विदेशी पर्यटकको हावाले डलरको भाउले अनि पँर्णरूपले व्यवसायिक भइसकेको गाउँहरूमा तपाइँले त्यो कुराहरू खोज्नु तपाइँको मुर्खता हो । तपाइँ त एकदम पुरानो गाउँमा जानु यो सबै पाउनका लागि जहाँ पर्यटनको हावाले कत्ति पनि भेटेको नहोस् । उसको कुरासँग मैले पनि एकछिन होस्टेमा हैंसे गरें । मैले यी माथि उल्लेखित गाउँहरूमा नपाएको कुराको जवाफ पाएको महसुस गरेर एकछिन टोलाएँ तर मनले मानेन । हामीलाई चिनाउने विषयवस्तुलाई ओझेलमा पार्दै त्यसलाई निमिट्यान्न पार्दै हामीले आर्थिक उपार्जन गर्न त सफल भइएला तर कालान्तरमा त हामी नाङ्गिन्छौं त हाम्रो पहिचान गुमाएर । कस्तो हाम्रो सोंच, कस्तो हाम्रो व्यवहार । जुन ठाउँमा धेरै मान्छेहरू आउँछन् त्यहाँ हामीले त्यो विषयवस्तुलाई लुकाउन खोज्छौं ? सामाजिक संस्थाहरू त जुँगाको मात्र लडाइँ लडिरहेको छ हाम्रो तमँ भाषा, संस्कृति बचाउन मुर्त रूपमा काम गर्न चाहँदैनन् मात्र सामाजिक संस्थाहरूमा राजनीतिक रूपको क्रियाकलाप रिहर्सल गरी रहेका भान भइरहेको छ ।
तसर्थ हाम्रो रहनसहन, हाम्रो भाषा, संस्कृति, भेषभुषा, हाम्रो खानपान, हाम्रो सबै मौलिकपनका कारण आकर्षण बढेको पर्यटन क्षेत्रलाई अभैm दिगो बनाउन हामी विशेषगरी लाग्न आवश्यक छ सबै क्षेत्रबाट । हामीले हाम्रै भाषा सिक्नुपर्छ हाम्रो भाषा पर्यटकले सिकेर जाओस् हाम्रो ठाउँमा आउँदा हाम्रो परमपरा, सांस्कृतिक महत्वलाई बुझाउन आवश्यक छ । अब आउने पर्यटकले हिजोको हाम्रो मौलिक कुराहरू खोज्न आउनेछन् । त्यो नपाएपछि फेरि गुरुङ गाउँ सोधेर सहरीय रहनसहनमा रमाउनका लागि उनीहरू लामो पैदल दुरी लौरो टेकेर आउने छैनन् । हाम्रो लागि सौभाग्यको कुरा छ जति पनि पर्यटकीय गाउँहरू होमस्टे बनेका छन् । त्यसमा धेरैभन्दा धेरै गुरुङ गाउँहरू छन् । यसले के पुष्टि गर्छ भने हाम्रो मौलिक पहिचानको विषयवस्तु पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको हुनुपर्दछ । त्यसैले सबै आ–आप्mनो ठाउँबाट यो क्रमलाई भंग हुनबाट बचाउन आवश्यक छ । विशेषगरी सम्बन्धित गाउँका अगुवाहरू, तमँ सामाजिक संघ–संस्थाहरू, तमँ धार्मिक संस्थाहरू, विद्यार्थी संगठनहरू, बुद्धिजीवी वर्ग, तमँ चलचित्र निर्माता, निर्देशकहरूलगायत सरोकारवालाहरू सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने आवश्यकता महसुस भएको छ । किनकी हाम्रो पहिचान हाम्रो अस्तित्वलाई संरक्षण, संवद्र्धन गर्ने जिम्मा भनेको हाम्रो नै हो ।

No comments :

Post a Comment