WELCOME TO OUR SITE SCAFECOLLECTION

Download

Saturday 16 August 2014

Discovery News NEPAL

No comments :
पृथ्वीतर्फ बढ्दै गरेको क्षुद्रग्रहले मानव जीवनलाई सखाप पार्ने खतरा                                                                                                                                                                                            काठमाडौं, साउन ३१ – पृथ्वीमा ठोक्किने गरी एउटा ठूलो क्षुद्रग्रह (एस्टरोइड) ३३ हजार ८ सय माइल प्रतिघण्टाको रफ्तारले अघि बढ्दै छ । यदी त्यो क्षुद्रग्रह पृथ्वीमा ठोकिने हो भने पृथ्वी नै ध्वस्त हुने वैज्ञानिकहरुले बताएका छन् ।
वैज्ञानिकहरुका अनुसार करिब ४४ हजार ८०० मेगाटन विस्फोटक पदार्थको क्षमता भएको उक्त क्षुद्रग्रह सन् २८८० को मार्च १६ का दिन पृथ्वीसँग ठोक्किने छ ।
यदी यसलाई आकाशमा नै ध्वस्त गरिने हो भने यसको असर निकै भयानक हुने उनीहरुको भनाई छ ।
हुनतः यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना १/३०० मात्र छ, तर यो वैज्ञानिकहरुलाई चिन्तित तुल्याउनका लागि काफी छ ।
यदी यो पृथ्वीसँग ठोकिने हो भने यसले ठूलो सुनामी, भुईचालो ल्याउनेछ र यहाँको जलवायुलाई नै परिवर्तन गरिदिने छ । यसले गर्दा पृथ्वीबाट मानव जीवननै सखाप हुने कुरा वैज्ञानिकहरुले बताएका छन् ।
टेनिसी विश्वविद्यालयले उक्त क्षुद्र ग्रहको नाम १९५० डीए दिएका छन् र यस विषयमा अध्ययन गरिरहेका छन् ।

No comments :

Post a Comment